+
+
Shares

झापाबाट ५० लाखको अवैध कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १६:५५

२ फागुन, काठमाडौं । प्रहरीले ५० लाख रुपैयाँ बराबरको अवैध कपडा झापा र इलामको सीमा क्षेत्रबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाले बिहीबार बिहान मेचिनगर–१२, धाइजनबाट मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानबाट अवैध कपडा बरामद गरेको हो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो ।

प्रहरीले सामान बरामदसँगै सवारी चालक २७ वर्षीय विकाशचन्द्र राजवंशीलाई पनि पक्राउ गरेको छ । स्रोतका अनुसार सामान बिक्रेता शिव स्टोर प्रा.लि. हो । यो व्यवसायी सञ्जीव घोषको नाममा दर्ता कम्पनी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

घोष यसअघि पनि फर्जी भ्याट बिल प्रयोग गरी अवैध कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । यो सामान काठमाडौंको श्रेष्ठ सप्लायर्सलाई बिक्री गरिएको भनिए पनि इलामबाट बरामद गरिएको हो ।

‘१४ लाख २८ हजार रुपैयाँ बराबरको बिल भए पनि सामान ५० लाख रुपैयाँको भएको पाइएको छ’, एसपी कोइरालाले अनलाइनखबरसँग भने, ‘गाडीसहित ६० लाख रुपैयाँ मूल्याङ्कन गरेका छौं ।’

बरामद सामानमा नेट साडी, सुती साडी, ढाँका कपडा लगायत छन् । पक्राउ परेका चालक र गाडीलाई आवश्यक कारबाहीका लागि प्रहरीले क्षेत्रीय राजश्व कार्यालय, इटहरी बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?