Comments Add Comment

सभामुखसँग नेपालका लागि साउदी अरेवियाका राजदूतको भेट

१९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसिद सुलेमान एम अलमारवानीले सोमबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसिदलले सापकोटालाई सभामूखमा निर्वाचित भएकामा बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।

सभामुख सापकोटाले साउदी अरेवियासंग नेपालको ४३ बर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुुर्याएको बताए ।

उनले सच्चा मित्रको चिनारी दुुःखका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूूकम्प पछि साउदी सरकारले गरेको सहयोग सधैं स्मरणीय रहने चर्चा गरे ।

सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

उनले तीन लाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीका लागि साउदीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment