Comments Add Comment

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

४ चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरद्सिंह भण्डारीले पाएका छन् । अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले भण्डारी नयाँ संयोजक चयन भएको जानकारी दिए ।

राजपाका अनुसार भण्डारीले बुधबारदेखि संयोजकको जिम्मेवारी सम्हाल्नेछन् । राजपाका ६ अध्यक्षले चक्रीय प्रणाली अनुसार दुई/दुई महिना पार्टीको नेतृत्व गर्दै आएका छन् ।

मधेसकेन्द्रित तत्कालिन ६ वटा पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकरण भएपछि बनेको राजपामा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलका सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment