Comments Add Comment

भिडियो कन्फ्रेन्सबाट योगाभ्यास, प्रतिरक्षा क्षमता बढाउने आसन प्राथमिकतामा

दैनिक रुपमा सामूहिक योग गर्नेहरुको पछिल्लो समय दैनिकी बदलिएको छ । सरकारले कोरोना भाइरसबाट बच्नको लागि गरेको सात दिनको लकडाउन सँगै यतिबेला सबै काम जस्तै नियमित योगाको काम पनि सामूहिक रुपमा हुन छाडेको छ ।

एकातिर शरीरमा रोग प्रतिरोध क्षमता बढाउनु पर्ने बाध्यता र अर्को तर्फ योगा लगायतका अभ्यासहरु समेत बन्द भएको अवस्थामा यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? योग गुरुहरुले टेलिफोन वा भिडियो कन्फ्रेन्सबाटै पनि योगाभ्यास सम्बन्धी सुझावहरु दिने गरेका छन् । युवा नेपाल समितिका केन्द्रीय संयोजक एवं योग गुरु लोकनाथ खनाल हिजोआज भिडियो कन्फ्रेन्सबाट नै योगाभ्यास गराउने गरिएको बताउँछन् ।

शरीरलाई स्थायी रुपमा स्वस्थ बनाउने र मनैदेखिको भयहरु हटाउनको लागि समेत एउटै उपाय योग भएको भन्दै एक आपसमा भेला भएरभन्दा पनि अहिले कोठैमा बसेर विभिन्न आसनहरुमा योगाभ्यास गर्न सिकाउने गरिएको बताउँछन् ।

खनालका अनुसार घरमै बसेर गर्न सकिने यी योगाभ्यासहरुमा सूर्य नमस्कार, कपालभाँती, अनुलोम विलोम जस्ता आसन एवं मुद्राहरु प्रभाविकारी हुन्छ । उनी भन्छन् ‘नियमित योगा गर्दा भिडियो कन्फ्रेन्सबाट योगा गराउने नगरिएको भएपनि कसैलाई जिज्ञासा भएको खण्डमा उनीहरुलाई भिडियो कन्फ्रेन्सबाट सुझाव दिने गरिएको छ । अहिले घरमै बसेर योगा गर्ने पर्याप्त समय मिलिरेको छ ।’

रोग प्रतिरक्षा बढाउन योग

दैनिक योगा गरेको खण्डमा शरीरमा सेतो रक्त कोशिकाहरूको वृद्धि हुन्छ । यी कारणले गर्दा, रोग प्रतिरोध क्षमतामा बृद्धि हुन्छ । जब हाम्रो शरीरको प्रतिरक्षा क्षमता बढ्दै जान्छ । त्यसपछि कुनै भाइरस वा किटाणुको जोखिम पनि कम हुने भएकोले नियमित योग गरेर समेत प्रतिरक्षा क्षमता कम गराउन सकिने जानकारहरु बताउँछन् । यसका साथै, रक्तचाप, तनाव, मधुमेह, हृदय रोग आदिलाई समेत कम गर्न पनि योग सहायकसिद्ध हुनेगर्छ । कोरोना भाइरसको संक्रमण प्राय: ती व्यक्तिहरुको लागि बढी खतराजनक हुन्छ जसलाई माथि भनिएको रोग लागेको छ ।

कुन आसनले के फाइदा गर्छ ?

भस्त्रिकासन – पाचन प्रणाली, मुटु, फोक्सो र दिमागलाई स्वस्थ राख्छ । पित्त र कफलाई सन्तुलित बनाउँछ ।

कपालभाती – शरीरका सबै अंगहरूलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अनुलोम/बिलोम – मुटुरोगको सम्भावित जोखिम कम गर्न सहयोग मिल्छ ।

भ्रामरी – तनावमुक्त रहन मद्दत गर्छ ।

उदगीथ – माइग्रेन र डिप्रेसन कम गर्दछ

पाँच आसन

उष्ट्रासन : पाचन प्रणाली सुधार र भोक बृद्धि गर्दछ । ढाडको दुखाईबाट राहत ।

पश्चिमोत्तानासन : यसले कलेजो र मिर्गौलासँग सम्बन्धित रोगहरूबाट सुरक्षा दिन्छ ।

पवनमुक्तासन : वायु विकार र कब्जियत हटाउने कार्यमा प्रभावकारी । कमजोरी धेरै हुन्छ ।

उत्तानपादासन : शरीरलाई शान्त राख्नुका साथ स्नायु प्रणाली मजबुत गर्दछ ।

मण्डुकासन : मधुमेह, कोलाइटिस कम गर्न सहायक सिद्ध हुनेछ । प्यानक्रियाजबाट इन्सुलिन निकाल्नको लागि समेत मद्दतदायक हुन्छ । यस्तो अवस्थामा तपाईंको प्रतिरोध क्षमता बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment