कमजोर पाचन शक्तिसंग सम्बन्धित कुनै रोग जस्तो लिभर, ग्याष्ट्रिक, मधुमेय आदिका कारण हुने गर्दछ । यसबाहेक मानसिक पक्षलाई हेर्ने हो भने तनावले पनि पाचन प्रकृयालाई बिगार्न सक्ने सम्भावना उत्तिकै छ, चाहे त्यो तनाव कामसंग सम्बन्धित होस् अथवा कुनै प्रतिस्पर्धासंग ।
आयुर्वेद तथा मनोवैज्ञानिकदेखि मानसिक रोगहरुका विभिन्न आयामहरुमा जुन भिन्दा–भिन्दै अध्ययनहरु गरिएका छन्, तीनका अनुसार युवा वर्गमा बढिरहेको तनाव अथवा इन्जाइटी पाचनसंग सम्बन्धि समस्याको सबैभन्दा ठूलो कारण मानिएको छ ।
शरीरमा हुने टक्सिन तथा फ्रीरेडिकल्स पनि यो समस्याको कारण बन्दछ । सही समयमा भोजन नगर्नु, राति अबेरसम्म काम गर्नु, जंक फूड धेरै खानु तथा रक्सी, चुरोट, पान मसाला, गुट्का, खैनी आदि सेवन गर्ने व्यक्तिहरुलाई प्रायः पाचनसंग समबन्धित ग्यास, एसिडिटी तथा पेटमा भारीपना जस्ता समस्याहरु देखिन्छन् । राम्रो स्वास्थका लागि पाचन प्रकृया चुस्त र दुरुस्त रहनु अति अनिवार्य छ ।
अचेल बालबालिकाहरुमा समेत ग्यास्ट्रिक, उल्झन, पढाइमा एकाग्रताको कमी आदि समस्याहरु देखिन थालेका छन् । यसको कारण पनि उनीहरुको टिफिनमा फास्ट फूड अथवा जंक फूडका मात्रा बढि हुनुले गर्दा हो, जसलाई उनीहरु निकै मीठो मानेर खान्छन् । आउटडोर गेम तथा व्यायामको अभावका कारण मोबाइल, सोसल मिडिया तथा टेलिभिजनमा गेम खेल्नाले बालबालिकाहरुको पाचन शक्तिमा नकारात्मक प्रभाव परेको छ । अव्यवस्थित जीवन शैली तथा स्वयंको स्वास्थप्रति उपेक्षाका कारण विश्वकै आधा भन्दा बढि जनसंख्या, जसमा महिलाहरुको एउटा ठूलो वर्ग छ, यो समस्यासंग सुधिरहेको छ ।
आयुर्वेदले भने अनुसारको आहार–विहार तथा केही प्रमुख औषधीहरुका साथै एन्टि–अक्सिडेन्टहरुले भरीपूर्ण वस्तुहरु नै यसको राम्रो विकल्प सावित हुन सक्छ ।
पेस्टिसाइड्स तथा कमेकलहरुको अत्यधिक उपयोगका कारण अन्नको पोषक तत्वहरुको गुणवत्ता पनि प्रभावित भैरहेको छ । त्यसैले आहारमा बोक्रा भएको दाल, हरिया पात भएका तरकारी, मैदाको साटो मिश्रित अन्न तथा चोकर भएको आटाको रोटी, पेय पदार्थको साटो दही, मोही, सूप तथा खाना खानुअघि सलादको सेवन उपयुक्त मानिन्छ ।
यसका साथै हरेक दिन कम्तिमा एउटा रेशादार फलको सेवनलाई पनि प्राथमिकता दिनु पर्छ । बिहान हल्का उम्लिएको पानीको सेवनले पेटलाई स्वस्थ राख्छ । बिहानको खाजा स्वस्थ जीवन शैलीको एउटा अभिन्न अंग हो, त्यसैले ब्रेकफास्ट नगर्नु पनि कतिपय रोगहरुलाई जन्म दिनु बराबर हो ।
भोक नलागी खाना खानै हुँदैन । छोटो–छोटो समयको अन्तरालमा केही न केही खानु पर्छ । लामो समयसम्म फ्रिजमा राखिएको खानालाई तुरुन्तै तताएर खानु हुँदैन । तारेका र भुटेका गरिष्ट खानेकुराहरु, अत्यधिक चिनी युक्त खानेकुराहरु, कोल्ड ड्रिङ्क्स, मदिरापानबाट जोगिनु पर्छ ।
तनावलाई टाढा भगाउनका लागि प्रसस्त मात्रामा निद्रा, प्राणायम, योगासन तथा मेडिटेसन गर्नु पर्छ । सकारात्मक विचार राख्नाले पनि पाचन शक्ति राम्रो रहन्छ र ग्यास, अमिलो डकार, एसिडिटी, अपच जस्ता समस्याहरुमा राहत पुग्छ । केही आयुर्वेदिक औषधीहरुले पनि यस प्रकारको समस्यामा राहत प्रदान गर्छन् । ती औषधीहरुले शरीरको रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्दछन् । यद्यपि, पाचन प्रकृयामा जटिल समस्या देखियो भने कुनै विशेषज्ञ चिकित्सकसंग परामर्श गरेर औषधी लिनु उचित हुन्छ ।