Comments Add Comment

मनोहरा खोलाको पुलमुनि अलपत्र परेका युवाको उद्धार

२२ चैत, काठमाडौं । काठमाडौंको जडिबुटीस्थित मनोहरा खोलाको पुलमुनि अलपत्र अवस्थामा बसिरहेका ८ जना युवाहरुको उद्दार भएको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठले अलपत्र परेको सबै युवाहरुको उद्धार भएको जानकारी दिए ।

अनलाइनखबरमा अलपत्र परेका युवाहरुकाको बारेमा समाचार प्रकाशन भएको थियो । प्रहरी निरीक्षक श्रेष्ठका गोठाटारको स्थानीयहरुको सहयोगमा उद्धार भएको हो । उद्दार गरिएकाहरुलाई अहिले गोठाटारको मनमुरी कृषि सहकारी संस्थाको भवनमा राखिएको छ ।

संस्थाकी अध्यक्ष जयकला बस्नेतले सबैको उद्धार गरेर सुरक्षित राखिएको बताइन् । उनका अनुसार अलपत्र परेको थाहाँ पाएसँगै स्थानीय डम्बरबहादुर बस्नेतको टोलिले जडिबुटी पुगेर उद्धार गरेको हो । अध्यक्ष बस्नेतले नै तत्कालका लागि खानाकाे व्यवस्था गरेकी छिन् । संस्थाकै उपाध्यक्ष गिता सुवेदीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

अहिले उनीहरुलाई खान तथा बस्नको समेत राम्राे व्यवस्था गरिएको छ । अलपत्र परेका मध्ये एक पूर्णबहादुर राईले पनि आफूहरु अहिले सुरक्षित र ढुक्कसँग उद्दार भएर आएको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

कागेश्व्री मनाेहरा नगरपालिका–८ का वडाअध्यक्ष  श्रीकृष्ण चापागाईंले  पनि  खानका लागि राहत कुपन दिने भएका छन् ।

 

यो पनि पढ्नुहोस मनोहरा खोलाको पुलमुनि ८ युवाको बास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment