
६ वैशाख, काठमाडौं । नेपाल प्रहरीको बसुन्धरास्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पट्रोल भेटिनुको रहस्य खुलेको छ । नेपाल आयल निगमका अनुसार ना ४ ख ३१५६ नम्बरको ट्याकंरमा चालक साजन कार्कीले सिल तोडेर ६३९ लिटर पानी मिसाएको पाइएको छ ।
चालकलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने निगमको थानकोट डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । २० हजार लिटरको ट्यांकरले अन्य दुई पम्पमा तेल बाँडेपछि पुलिसको पम्पमा भर्न जानुअघि पानी मिसाएको खुलेको छ ।
शनिबार विहान पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइएपछि अनुसन्धान थालिएको थियो । पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो ।
निगमको प्राविधिकसहितको टोलीले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरेको थियो । ग्राहकलाई पेट्रोलियम वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।
एउटै ट्याकंरबाट तीन पम्पमा पेट्रोल वितरण गरिएकोमा प्रहरीकोमा मात्रै कैफियत देखिएको थियो ।
प्रतिक्रिया 4