Comments Add Comment

आफ्ना बालबच्चाका लागि आदर्श पिता थिए इरफान खान

भारतिय अभिनेताको अन्तत निधन भएको छ । यद्यपि उनको निजी जीवनसँग जोडिएका केही यस्ता कुरा छन् जो  प्रेरणादायी हुनसक्छ । उनी एक असल अभिभवकको रुपमा आफुलाई पेश गर्न चाहन्थे । श्रीमतीसँगको निम्ति आड–भरोसा बन्न चाहन्थे, छोराछोरीका लागि प्रेरणाको स्रोत ।

इरफान आफ्ना श्रीमती र छोराछोरीलाई एकदमै प्रेम गर्थे । आफ्ना सन्तानका लागि उनी जे पनि गर्न तयार थिए । त्यसैले उनी रोगसँग पैठेजोरी खेलिरहेका थिए, ताकि मृत्युलाई पर धकेल्न सकियोस् । वा मृत्युलाई पराजित गर्न सकियोस् ।

इरफान र उनकी पत्नी सुतापा सिकन्दरको केही अन्तर्वार्ता अहिले पनि युट्युबमा हेर्न, सुन्न पाइन्छ । उक्त अन्र्तवार्ताबाट छर्लङ्ग हुन्छ कि, इरफान कति पारिवारिक थिए । आफ्ना श्रीमती र बालबच्चाप्रति

दाम्पत्य जीवन

इरफान खान र सुतापा सिकन्दरको भेट दिल्लीको नेशनल स्कुल अफ ड्राम (एनएसडी)मा भएको थियो । इरफान अभिनेता बन्न चाहन्थे । उता सुतापा स्क्रिनप्ले र स्टोरी राइटरको रुपमा आफ्नो चिनारी बनाउन खोजिरहेकी थिइन् । उनीहरुको प्रेम त्यती बलियो थियो कि, कुनै असुरक्षित नहुने गरी दुबैले एकअर्काको सपना पुरा गर्न सहयोग गरे । इरफान सधै सहयोगी भूमिकामा रहे । विवाह अघि र विवाह पछि पनि उनले सुतापाको करियरका लागि उसैगरी सहयोग गरिरहे । उनलाई लाग्थ्यो कि, आफ्नो सपनाले जति महत्व राख्छ, सुतापाको सपनाले पनि उत्तिनै ।

उनीहरुले पारिवारिक जीवनमा त हातेमालो गरे । साथसाथै करियरमा पनि एकअर्काको भर बने ।

इरफानले चाहने नै हो भने उनीहरुको विवाह भव्य ढंगले सम्पन्न गर्न सक्थे । यद्यपि उनीहरुले सामान्य बाटो रोजे । दुबैले अदालती विवाह गरे । उनलाई तामझाम होइन, आफ्ना जीवनसंगीका निम्ति जीवनभर सुमधुर साथ जरुरी थियो । उनीहरु बस्, जीवनसाथी बन्न चाहन्थे ।

उनीहरु पारिवारिक एवं व्यवसायिक जीवनका सहयात्री थिए । श्रीमान र श्रीमतीको रुपमा मात्र होइन, साथीको रुपमा पनि उनीहरु व्यवहार गर्थे । एउटाले अर्कोलाई सहयोग गर्ने, सुझाव दिने । दुःखसुख साझेदार गर्ने । त्यसैले त त्यती व्यस्त दैनिकीमा पनि सुतापालाई इरफानले एक्लो महसुष हुन दिएन ।

आलोचनाको डर थिएन

इरफनकी श्रीमती उनका लागि कुनै प्रसंशक जस्तै थिइन् । साथसाथै सबैभन्दा ठूलो आलोचक पनि । फिल्मको स्क्रिप्ट, कथा, अभिनय सबै कुरामा सुतापाले खुलेर आफ्नो राय व्यक्त गर्थिन् ।

बालबच्चाका लागि आर्दश पिता

सुतापाले एक अन्तर्वार्तामा बताएकी थिइन्, इरफान आफ्ना दुई छोरालाई औधी माया गर्छन् । इरफानले त आफ्ना छोराहरुको अनुहार हेरेर पनि अनुमान गर्न सक्थे कि उनीहरुको मनमा के खेलिरहेको छ भन्ने कुरा । मुड स्विङदेखि लिएर दिल र दिमागको कुरा उनी अनुमान लगाउन सक्थे । बच्चासँग खेल्नु मात्र उनीहरुसँग नजिक हुनु होइन, उनीहरुको भावनालाई नजिकबाट अनुभूत गर्नु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment