Comments Add Comment

राष्ट्र बैङ्कको सहुलियत सकारात्मकः सीएनआई

१७ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको सहुलियतलाई सकारात्मक रुपमै लिनुपर्ने बताएको छ । मंगलबार घोषणा गरिएको सहुलियतबारे अनलाइनखबरसँग कुरा गर्दै सीएनआईका बैङ्किङ समितिका सभापति अनलराज भट्टराईले आफूहरूले सकारात्मक रुपमा लिएको बताए ।

लकडाउन जारी रहेकै बेला राष्ट्र बैङ्कले दोस्रो पटक ल्याएको सहुलियतले केही राहत महसुस हुने उनले बताए । तर, यो नै पर्याप्त भने नभएको उनले बताए । राष्ट्र बैङ्कले अर्को चरणमा थप केही नयाँ निर्णय लिनुपर्ने उनले बताए ।

वाणिज्य बैङ्क, विकास बैङ्क फाइनान्स कम्पनीहरूका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैङ्क‍ले कोरोना प्रभावित क्षेत्रहरूका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस राष्ट्र बैङ्कको सहुलियत प्याकेजले निजी क्षेत्र उत्साहित हुँदैन : चेम्बर अध्यक्ष श्रेष्ठ

चैत मसान्तसम्मको लागि कायम ब्याजदरमा चौथो त्रैमास अर्थात् वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैङ्कले भनेको छ । तर, यो सहुलियत सबै ऋणीहरूले भने पाउने छैनन् । राष्ट्र बैङ्कका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ ।

‘जुन २ प्रतिशतको छुटको कुरा छ, त्यो एकदमै सकारात्मक कुरा हो’ उनले भने, ‘यसले ब्याजदरको दबाब केही हदसम्म घटेको छ, यसले राम्रै भएको छ ।’

यो पनि पढ्नुहोस ‘घाेषणा भएकाे २ प्रतिशत ब्याज छुट पाउन पनि गाह्राे छ’

अर्को चरणमा राष्ट्र बैङ्कले थप केही निर्णयहरू भने गर्नु पर्ने उनले बताए । लकडाउन खुलिसकेपछि कर्जाको माग बढ्ने भन्दै यसका लागि तरलता व्यवस्थापन हुनुपर्ने उनले बताए ।

तरलता बढाउनका लागि हाल ८० प्रतिशत रहेको कर्जा र निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) ९० प्रतिशतसम्म बनाउनुपर्ने उनको सुझाव छ ।

यो पनि पढ्नुहोस बैंकर्स संघका अध्यक्षले भने– राष्ट्र बैंकको परिपत्र क्रान्तिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment