+
+
Shares

भारतमा कोरोना : मृतकको संख्या १३७३ पुग्यो, ४२ हजार ५३३ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १२:५१

२२ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार तीन सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७२ कोरोना संक्रमितको ज्यान गएसँगै कुल मृतकको संख्या एक हजार तीन सय ७३ पुगेको हो ।

भारतमा कोरोनाका बिरामी पनि थपिइरहेका छन् । पछिल्लो विवरणअनुसार, यहाँ कुल कोराेना संक्रमितको संख्या ४२ हजार पाँच सय ३३ छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, गुजरातमा पाँच हजार चार सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ९० जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि दुई हजार आठ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ५६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्या दुई हजार छ सय ४५ पुगेको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि नौ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म पाँच सय तीन जनामा भाइरसको संक्रमण देखिँदा चारजनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?