Comments Add Comment

घरायसी विवादमा बुबा र सौतेनी आमाको हत्या

२६ वैशाख, तेह्रथुम । फेदाप गाउँपालिका-५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।

सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।  कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । कञ्चनले १०० नंम्बरमा फोन गरेसँगै उनको पिछा गरिरहेको र भाग्दै गरेको अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्बोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment