Comments Add Comment

सात्विक भोजन : दीघार्यु र निरोगी जीवनका लागि

आयुर्वेद अनुसार खानालाई तीन भागमा वर्गिकरण गरिएको छ– सात्विक, राजशी र तामासिक । सात्विक भोजन सबैभन्दा श्रेष्ठ मानिन्छ । सात्विक भोजन एक योगिक आहार संरचना हो, जसमा सबै पौष्टिक आहार सामेल हुन्छ । यो पौष्टिक हुनका साथै सुपाच्य हुन्छ । ताजा, स्वादिलो, सुपाच्य र सन्तुलित हुन्छ ।

यस किसिमको खानाले शरीरलाई स्वस्थ्य राख्छ, मनलाई पनि प्रशन्न राख्छ ।

सात्विक आहारमा सत्व गुणको प्रधानता हुन्छ । योग एवं आयुर्वेदमा भनिएको छ कि, सात्विक आहारले मान्छेको जीवन सात्विक हुन्छ । यौगिक र सात्विक आहारको श्रेणीमा यस्तो भोजन सामेल गरिएको छ जसले व्यक्तिको मन र तन शुद्ध, शक्तिवद्धृक, स्वस्थ र प्रशन्नताले भरिपूर्ण हुन्छ । सात्विक भोजन आयुर्वेदको प्राचिन नियममा आधारित छ, जुन सामान्य वा पारम्पारिक विधीबाट तयार गर्न सकिन्छ ।

गीतामा भगवान कृष्णले सात्विक, राजसी र तामासी आहारको सुस्पष्ट व्याख्या गरेका छन् । साथै यी आहारले शरीर र मनमा कसरी प्रभाव पार्छ भन्ने कुराको पनि स्पष्ट विवेचना गरिएको छ । आत्मिक प्रगति चाहने वा साधना मार्गमा हिँड्नेले सात्विक आहार नै अपनाउनुपर्ने निर्देशन दिइएको छ ।

सात्विक आहार एक उच्च फाइबर, कम बोसोयुक्त खाना, शाकाहारी भोजन हो, जसलाई योगीको खानपान र जीवनशैलीसँग जोडिएको छ । सात्विक शब्दको अर्थ ‘शुद्ध सार’ हो । आयुर्वेदमा सात्विक खानालाई शुद्ध र सन्तुलित मानिन्छ । यस किसिमको खाना सेवन गर्नाले दीर्घायु, तन्दुरुस्ती, निरोगी जीवन प्राप्त हुन्छ । मनमा खुसी एवं मानसिक रुपले पनि शान्ति प्राप्त हुन्छ ।

सात्विक आहार सुक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ । सात्विक आहारको तालिकामा निम्न खानेकुरा समावेश गर्न सकिन्छ ।

–मह वा हर्वल चिया

–मौसमी सागसब्जी

–अंकुरित गेडागुडी

–ताजा फलको रस

–ताजा एवं मौसमी फलफूल आदि ।

आयुर्वेदमा सात्विक आहारमा तारेको, भुटेको, मासुजन्य, बोसोजन्य, मसलेदार, बासी, क्याफिन जस्ता उत्तेजक खानेकुरा बर्जित छ । पूर्णत सात्विक आहार लिन नसकेपनि बिहानदेखि साँझसम्मको खानामा यस्तो सन्तुलन मिलाउन सकिन्छ, जसले हामीलाई स्वस्थ्य राख्छ ।

बिहान हर्बल चिया

बिहान उठेपछि हामीमध्ये धेरैले दुधको चिया वा कफी पिउने गर्छौं । तर, यस्तो पेयले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले बिहान तुलसीको पात, मोरिंगा चिया आदि पिउनु लाभदायक हुन्छ । कागती पानीमा मह मिसाएर सेवन गर्नु पनि राम्रो हुन्छ । त्यसैले दुध चिया वा कफीको विकल्पमा यस्तो पेय पदार्थ पिउने गरौं ।

नास्तामा जौले बनेको परिकार

बिहानको नास्तामा जौबाट बनेको खानेकुरा सेवन गर्न सकिन्छ । यो बिटा ग्लुकन घुलनशिल फाइबर हो, जो पेटका लागि फाइदाजक हुन्छ । जौले शरीरमा ग्लुकोजको स्तर नियन्त्रण गर्छ र तौल बढ्न पनि दिदैन ।

दिनको खानामा ताजा सागसब्जी

सात्विक आहार अनुसार दिनको खानामा प्रोटिनयुक्त खानेकुरा खानुपर्ने बताइन्छ । यसमा ताजा सागसब्जी, तोफु, दाल, पनिर, सलाद खान सकिन्छ । यी खानेकुरा हल्का त हुन्छ नै यसले शरीरलाई भरपुर उर्जा पनि दिन्छ ।

फलफूल वा जुस

मध्यन्हको नास्तामा मौसमी फलफूल सेवन गर्न सकिन्छ । अमला लगायतका फलफूल अरु उपयुक्त हुन्छ । साथै फलफूलको ताजा जुस पनि सेवन गर्न सकिन्छ ।

रातको खाना हल्का र थोरै

आयुर्वेद अनुसार रातको खाना सूर्योअस्त अघि नै गर्नुपर्छ । साथै रातको खाना थोरै र हल्का हुनुपर्छ । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ । राती खाना खाइसकेपछि एकछिन टहल्नु राम्रो हो । सुत्नुअघि दुध र बेसार मिश्रण गरेर पिउँदा लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment