Comments Add Comment

यो हो दुनियाँकै कालो पदार्थ, यस्तो छ कालोपनाको रहस्य

कालो रङलाई प्रधान रङ पनि मानिन्छ । दुनियामा कालो रङका अनेक वस्तुहरु छन् । तर एउटा वस्तु यतिधेरै कालो छ कि त्यसले संसारकै कालो पदार्थको उपाधि पाएको छ ।

पृथ्वीकै सबैभन्दा कालो पदार्थको नाम हो, वान्टाब्ल्याक । बेलायतको एउटा कम्पनीले दुनियाकै सबैभन्दा कालो पदार्थ, वान्टाब्लाकको आविष्कार गरेको हो ।

सरे नानोसिस्टम नामक कम्पनीले सन् २०१४ मा तयार पारेको उक्त पदार्थले आफ्नो सतहमा परेको प्रकाशको ९९ दशमलब ९६ प्रतिशत प्रकाश सोस्दछ । जसका कारण यो पदार्थ निष्पट्ट कालो देखिन्छ ।

अघिल्लो वर्ष उक्त बेलायती कम्पनीले वान्टाब्ल्याकलाई स्प्रेको रुपमा समेत उत्पादन गरेको छ ।

वास्तवमा यो पदार्थ कुनै रङ होइन । वान्टाब्ल्याक कार्वनका नानोट्युबमा मिलेर बनेको हुन्छ । जहाँ हरेक नानोट्युबको मोटाई २० नानोमिटर अर्थात् कपालको रौँ भन्दा ३५ सय गुणा पातलो हुन्छ । प्रकाश तिनै अतिसुक्ष्म ट्युबहरुको बीच बीचको ठाउँमा फस्दछ । जसका कारण वान्टाब्लाकमा केवल अँध्यारो कालो मात्र देखिन्छ ।

स्मरण रहोस् गतवर्ष मात्रै जर्मन कार निर्माता कम्पनी बिएमडब्लुले उक्त रङको प्रयोग गरी एउटा कालो रङको कार बनाएको थियो । सो कारलाई विश्वकै सबैभन्दा कालो कार मानिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment