Comments Add Comment

गोरखामा सवारी दुर्घटना दर घट्यो

४ साउन, गोरखा । जिल्लामा सवारी दुर्घटना दर घटेको छ । आर्थिक वर्ष ०७५/७६ मा २८ वटा सवारीसाधन दुर्घटनामा परेकोमा गत आव ०७६/७७ मा १६ वटा दुर्घटना मात्रै भएका छन् ।

‘अघिल्लो आव ०७५/७६ मा सवारी दुर्घटनाकै कारण १४ जनाको ज्यान गयो, ५५ जना घाइते भए,’ जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले भने, ‘गत आव २०७६/७७ मा ज्यान गुमाउने ७ जना रहे, ४७ जना घाइते भए ।’

ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएसँगै दुर्घटना दर घटेको उनले बताए । उनका अनुसार गत आव व्यवसायिक चालक परिचालक तथा सुरक्षित चालक बनाउन कक्षा संचालनसँगै अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिएको थियो ।

‘जनचेतनामूलक कार्यक्रमलाइ तीव्रता दिदै आएका छौं, सडकमै गएर चालक सहचालकलाई कक्षा पनि लिने गरेका छौ,’ उनले भने । जनचेतनाका लागि ट्राफिक नियम सम्बन्धी पर्चा पम्प्लेट र पोष्टरसमेत वितरण गरिएको उनको भनाइ छ । चेकजाँचमा पनि थप कडाइ गरिएको उनले बताए ।

७२ लाख राजस्व

गत आव २०७६/७७ मा कार्यालयले ७२ लाख ७ हजार राजस्व संकलन गरेको छ । कुल १० हजार १५० सवारीलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको हो ।

सबैभन्दा बढी मोटरसाइकलबाट २१ लाख ८९ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार कुल २ हजार ९८३ मोटरसाइकल चालक कारबाहीमा परेका थिए । ‘सवारी नियम उल्लघंन गर्ने २ हजार २५७ कार/जिप कारबाहीमा परे, जरिबाना स्वरुप उनीहरुबाट १६ लाख ५४ हजार राजस्व संकलन भयो,’ उनले भने ।

कारबाहीमा पर्ने बस संख्या एक हजार १८९ रहेको बताउँदै ढकालले उनीहरुबाट १४ लाख ९० हजार राजस्व संकलन भएको जानकारी गराए ।

उनका अनुसार गत आवमा एक हजार ७५० ट्रक/टिपर कारबाहीमा १३ लाख ३९ हजार राजस्व संकलन भएको थियो । एक हजार ७४९ ट्याक्टरलाई कारबाही गर्दा ११ लाख ८३ हजार राजस्व उठेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा ट्राफिक कार्यालयले कुल ७२ लाख ३० हजार राजस्व संकलन गरेको थियो । १० हजार ६०० सवारी कारबाहीमा परेका थिए । लक डाउनका कारण अघिल्लो आवको तुलनामा गत आव राजस्वमा केही कमी आएको कार्यालयले जनाएको छ ।

३४ वटा लाइसेन्स प्वाल पारियो

गत आव २०७६/७७ मा ट्राफिक कार्यालयले ३४ वटा सवारी लाइसेन्स प्वाल पारेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको लाइसेन्स प्वाल पारिएको जिल्ला ट्राफिक इन्चार्ज ढकालले बताए । ‘मापसे गरेर सवारी चलाउने ८२ जना थिए, ३४ जनाको मात्र लाइसेन्स रहेछ, लाइसेन्स हुने सबैको प्वाल पार्‍यौं, लाइसेन्स नहुनेलाई सोहीअनुसार कारवाही गर्‍यौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment