Comments Add Comment

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

४ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आइतबार जारी विज्ञप्ति जारी गरी निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनले आफ्नो माग पूरा नभएको भन्दै १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवीमा राख्ने घोषणा गरेका थिए । यद्यपि  शिक्षक कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णय भने उनीहरूले आइतबार नै फिर्ता लिएका छन् ।

सरोकारवालासँग छलफल गरेर निजी लगानीका विद्यालयका माग सम्बोधन गर्न आफूहरू तयार रहेको भन्दै मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको हो । मौद्रिक नीतिले विद्यालय सञ्चालकहरूको अधिकांश माग पुरा गरेको मन्‍त्रालयको दावी छ ।

‘मौद्रिक नीतिमा शिक्षा लगायतका व्यवसायीले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानीको म्याद थप र कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्ने व्यवस्था गरिएको विषय पनि यस सन्दर्भमा स्मरणीय छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment