+
+
Shares

अमेरिकी फाइटर विमानसँगको दुर्घटनाबाट बच्यो इरानी यात्रुवाहक विमान

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १६:०४

९ साउन, काठमाडौं । सिरियाको आकाशमा लेबनानको बेरुततर्फ जाँदै गरेको इरानको महन एयरको यात्रुवाहक विमान अमेरिकी फाइटर विमानसँग ठोक्किनबाट बचेको छ ।

इरानी सञ्चारमाध्यमले दिएको जानकारी अनुसार सिरियाको आकाशमा आफ्नो रुटमा उडिरहेको विमानसँग ठोक्किने अवस्थामा अमेरिकाको फाइटर विमान आइपुगेको थियो ।

फाइटर विमानसँग बच्नका लागि पाइलटले इरानी विमानलाई तत्काल तल झारेका थिए । जसको कारण केही यात्रुहरु घाइते भएका छन् ।

यद्यपि अमेरिकी सेनाले भने आफ्नो एफ-१५ फाइटर विमान इरानको यात्रुवाहक विमानबाट सुरक्षित दुरीमा रहेको दाबी गरेको छ । इरानको विदेश मन्त्रालयले यो घटनाबारे अनुसन्धान गरिने बताएको छ ।

यो घटनापछि विमानलाई बेइरुतमा ल्याण्ड गराएर सबै यात्रु ओरालिएको थियो । साथै यो विमान तेहरान फर्किसकेको बताइएको छ ।

अमेरिकी सेनाले भने आफ्नो फाइटर विमान एक हजार मिटर टाढा सुरक्षित दुरीमा रहेको दाबी गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसाभीले यो घटनाबारे आवश्यक कानुनी र कूटनीतिक कदम चालिने बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?