+
+
Shares

अस्ट्रेलियामा बढ्यो कोरोना संक्रमण, दोस्रो लहर आउने चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १२:२९

१५ साउन, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा प्रभावित भिक्टोरियामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक फेला परेका छन् । यससँगै भिक्टोरियाको मेलबर्न र आसपासका क्षेत्रमा लगाइएको लकडाउनले काम नगरेको आशंका बढेको छ ।

बिहीबार दिइएको जानकारी अनुसार भिक्टोरियामा पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । सो अवधिमा यो राज्यमा ७२३ नयाँ संक्रमित फेला परेका थिए । गत सोमबारको तुलनामा नयाँ संक्रमितको यो संख्यामा ३६ प्रतिशत वृद्धि भएको पाइएको हो । यससँगै अस्ट्रेलियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण घातक बन्दै गएको देखिएको छ । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्र्युजले मानिसहरुलाई कोरोना भाइरसको लक्षण देखिएसँगै परीक्षण गराउन आग्रह गरेका छन् । गत साता भिक्टोरियाको सरकारले संक्रमित मानिसहरु आइसोलेसनको नियम उल्लंघन गरिरहेको वा परीक्षण नै नगराइरहेको बताएको थियो । जसको कारण लकडाउनको बाबजुद पनि कोरोना संक्रमण फैलिएको सरकारको दाबी छ ।

आइतबारमध्यरातिदेखि भिक्टोरियाका सबै मानिसलाई सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य गरिएको छ । कोरोना संक्रमणको अवस्थलाई ध्यानमा राख्दै भिक्टोरियासँग सीमा जोडिएका अन्य राज्यले पनि सीमा बन्द गरिसकेका छन् । केही समयअघिसम्म अस्ट्रेलियाले महामारीलाई अन्य मुलुकको तुलनामा राम्रो तरिकाले नियन्त्रण गरिरहेको थियो । तर, जुलाईको शुरुवातदेखि मेलबर्नमा देखिएको संक्रमणमा वृद्धिले दोस्रो लहरको चिन्ता बढाएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?