Comments Add Comment

केही प्रेरक वचन, जुन जीवनोपयोगी हुनसक्छ

सबै ज्ञान हामीले आफ्नो जीवन–भोगाईबाट मात्र आर्जन गर्नु संभव छैन । कतिपय कुराहरु अरुको देखेर, सुनेर, बुझेर पनि हामीले आफ्नो ज्ञानको दायरालाई बढाउन सक्छौं । अतः कतिपय सन्र्भमा विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड सुनाउने गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी र जीवनोपयोगी हुन्छ । त्यसो त महान् व्यक्तिहरुको बुझाई र भोगाई मात्र होइन, सामान्य भनिएका व्यक्तिहरुले पनि आफ्नो अनुभवबाट केही न केही कुरा सिकेर त्यसको सार बताइरहेका हुन्छन् । यहाँ त्यस्तै केही सारभूत भनाईहरु पेश गरिएका छन्, जो हाम्रो लागि प्रेरणादायी हुनसक्छ ।

–सफलताको कुनै सूत्र हुँदैन । यो त केवल श्रम, मेहनत र निरन्तरतामा निर्भर हुन्छ ।

–अरुको आलोचनाबाट बच्ने उपाय हो–केही नगर्नु, केही नभन्नु र केही नबन्नु ।

–कुनैपनि व्यक्ति आफुले चाहेजस्तै बन्न सक्छ, यदि दृढता, लगाव र सार्थक प्रयास छाडेन भने ।

–आफ्नो गल्ती स्विकार्नु एउटा गजब कला हो ।

–मान्छे प्रकृतिको सबैभन्दा विशेष कृति हो । उसले आफ्नो कल्पनालाई आफ्नो शक्तिभन्दा अगाडिसम्म लान सक्छ ।

–त्यस कुरामा कहिल्यै चिन्ता नगर, जुन तिम्रो अधिनमा छैन ।

–आफ्नो गल्तीलाई स्विकार नगर्नु, फेरी अर्को गल्ती गर्नु हो ।

–कहिल्यै परिस्थिती अनुरुप आफुलाई बदल्ने नगर, किनभने परिस्थिती बदल्ने सामाथ्र्य तिमीसँगै छ ।

–आफु स्वयंमका लागि समय देउ, किनभने तिम्रो पहिलो आवश्यक्ता तिमी स्वंयम हौं ।

–कोही साथी चप्पल जस्तै हुन्छन् । साथ त दिन्छन्, तर पछाडिबाट हिलो छ्याप्छन् ।

–जुन आज तिम्रो हो, त्यो हिजो अरु कसैको थियो । र, भोलि अर्कैको हुनेछ । परिवर्तन नै संसारको नियम हो ।

–जसले मनलाई नियन्त्रण गर्न सक्दैनन्, उसका लागि मन नै सत्रु समान हुन्छ ।

–मान्छे आफ्नो विश्वासबाट निर्मित हुन्छ । उसले जे विश्वास गर्छ, त्यही हुन्छ ।

–कर्म बन्धन होइन, मुक्ती हो ।

–प्रथमत तिमीले आफुलाई त्यस्तै बनाउनुपर्छ, जस्तो अरुबाट अपेक्षा राख्छौं ।

–जब जीवनमा अन्धकार छाउँछ, विचलित नहुनु । किनभने अन्धकारमा नै तारा देखिन्छ ।

–अत्याधिक दुःखले आशाको जन्म दिन्छ ।

–धैर्य र समय, यी दुबै सर्वाधिक शक्तिशाली योद्धा हुन् ।

–जब तिमी आफ्नो अनुभवले साहस र आत्मविश्वास हासिल गर्नेछौ, तिम्रो अनुहारमा भय हराउनेछ ।

–सफलता केवल त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जसले यो तथ्य जानेको हुन्छ कि असफलता एक अनिवार्य हिस्सा हो ।

– शिक्षाको अर्थ कुनै घडा भर्नु होइन, बरु भित्रको ज्योति बाल्नु हो ।

–जहाँ उत्साह हुन्छ, त्यही जीवन हुन्छ ।

–संसार आफैमा एक प्रयोगशला हो, तिमी जति प्रयोग गर्छौं, उत्तिनै सिक्नु र उत्कृष्टता हासिल हुनेछ ।

–मान्छे कहिल्यै पूर्ण हुँदैनन्, न त सन्तोषी ।

–चन्द्रमासम्म पुग्ने इच्छ महत्वकंक्षा हो, हृदयसम्म पुग्ने इच्छा बुद्धिमानी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment