+
+
Shares

न्युजिल्याण्डका अधिकांश स्थानको प्रतिबन्ध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १५:२१

५ असोज, काठमाडौं । न्युजिल्याण्डको अधिकांश स्थानमा लगाइएको सामाजिक प्रतिबन्धको नियम हटाइएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा अर्डनले सबैभन्दा बढी मानिसको बसोबास रहेको अकल्याण्डबाहेकका सबै स्थानको लकडाउन हटाइएको बताएकी हुन् ।

अकल्याण्डमा लगाइएको सामाजिक प्रतिबन्धको नियम पनि केही खुकुलो बनाइएको छ । यससँगै अब अकल्याण्डमा एक सयजनासम्मको भेलालाई अनुमति दिइएको छ । यसअघि केवल १० जनाको भेलालाई अनुमति दिइएको थियो । अबको दुई सातामा कोरोना संक्रमणको अवस्था हेरेर यहाँको प्रतिबन्ध पनि हटाइन सक्ने सरकारले बताएको छ ।

न्युजिल्याण्डमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को कारण २५ जनाको मृत्यु भइसकेको छ । यसअघि न्युजिल्याण्ड १०२ दिनसम्म मुलुकमा कोरोना भाइरसको स्थानीय संक्रमण रोक्न सफल भएको थियो । तर, त्यसपछि पुनः संक्रमण बढेसँगै सरकारले पुनः प्रतिबन्धको घोषणा गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?