Comments Add Comment

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर ९ः४५ मा बैठकमा उपस्थित हुन भनिएको छ ।

शनिबार दिनभर राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका ओलीले आज आकिस्मक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

अघिल्लो बैठकमा मन्त्रीहरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले पनि तत्कालै अध्यादेश जारी गरेकी थिइन् ।

तर बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पुर्याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।

पार्टीको निर्णयअनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समावेदन दिएनन् । तर नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अझैसम्म अध्यादेश फिर्ता लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment