Comments Add Comment

नेता सुब्बालाई साझा प्रकाशनको अध्यक्ष बन्न नियमावली बाधक

२१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद विजय सुब्बा साझा प्रकाशन सहकारी संस्थाको अध्यक्षका लागि उम्मेदवार छन् ।

तर उनी उक्त पदको उम्मेदवार बन्न अयोग्य रहेको भन्दै सहकारी विभागमा मौखिक उजुरीसमेत परेको छ । साझा सहकारी नियमावलीको नियम (८१) मा संघ, प्रदेश वा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि वा कर्मचारीले सहकारीको सञ्चालक समिति वा लेखा समितिमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्था रहेको छ ।

हाल साझाको अध्यक्ष चयनका लागि निर्वाचन कार्यक्रम चलिरहेको छ । सरकारले संसद विघटन गरे पनि यो विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले यस विषयमा मौखित उजुरी भने विभागमा आइसकेको पुष्टि गरे । उनले सहकारी नियमावली अनुसार कुनै पनि जनप्रतिनिधि सहकारी संस्थाको सञ्चालक समितिमा चयन हुन नसक्ने बताए ।

‘नियमावलीमा नै स्पष्ट व्यवस्था भएका कारण कुनै पनि जनप्रतिनिधि सहकारीको अध्यक्ष बन्न सक्नुहुन्न’ उनले भने । अध्यक्षको उम्मेद्वार बनेका सुब्बा भने आफूले कानून नै नहेरहेको सुनाए । सहकारी नियमावलीमा के लेखेको छ भन्ने विषयमा आफूलाई जानकारी नभएको पनि सुब्बाले बताए ।

तर सांसदकै हिसाबले निर्वाचित हुन नपाउने नियम भए पनि अहिले प्रतिनिधि सभा विघनन भइसकेका कारण केही फरक नपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment