Comments Add Comment

‘सेलेब्स ग्रिट्स’सँग जोडिए अनुप विक्रम

फ्यानलाई सेलिब्रिटीसँग जोड्ने उद्देश्यका साथ ‘सेलेब्स ग्रिट्स’ स्थापना गरिएको छ । सेलिब्रिटीहरुलाइ फ्यान तथा शुभचिन्तकहरुसँग नजिकबाट साक्षात्कार गराउने लक्ष्य लिएर वेवसाइट र एप लञ्च गरिएको हो ।

काठमाण्डौमा आयोजित कार्यक्रममा वेवसाइट र एप सार्वजनिक भएको जानकारी गराइयो । ‘सेलेब्स ग्रिट्स’को ब्रान्ड एम्ब्यासडरमा नायक अनुप विक्रम शाही अनुवन्धित भएका छन ।

हाल यो एपमा ३० भन्दा बढी कलाकार जोडिएका छन् । भोलीका दिनमा अन्य सेलिब्रिटीरुलाई पनि जोड्दै लैजाने ‘सेलेब्स गिट्स’का सीइओ इन्जिनियर समुल खड्काले जानकारी दिए ।

यो एप्लिकेशनसँग आवद्ध सेलिब्रिटीहरुबाट न्यूनत मुल्यमा फ्यान तथा शुभचिन्तकहरुले आफूले चाहेको सन्देशका लागि अनुरोध गर्न सक्नेछन् । फ्यानबाट प्राप्त शुल्क सेलिब्रिटीहरुले सामाजिक कार्यमा खर्च गर्न पाउनेछन् ।

एप्लिकेशन तथा वेवसाइटबाट रोजेको सेलिब्रिटीलाई अनुरोध गरेपछि सम्बन्धित टिमले सेलिब्रिटीलाई नोटिस पठाउनेछ, त्यसपछि शुभचिन्तकले आवशयक सन्देश आफ्नै नाममा प्राप्त गर्ने सेलेब्स ग्रिट्स डटकमले जनाएको छ । हालसम्म यो फिचर्डमा नेपाली चलचित्रका नायक, नायिका, गायक, संगीतकार, खेलाडी, हाँस्य कलाकार, मोडल जोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment