+
+
Shares

११ बलिउड फिल्मको रिलिज डेट घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १६:२१

कोरोनाका कारण सुनसान बनेको विश्वकै दोश्रो ठूलो चलचित्र उद्योग बलिउड विस्तारै पखेटा फिजाउने तयारीमा छ । लकडाउनका कारण नयाँ चलचित्रको रिलिज डेट घोषणा हुन नसक्दा हलमा पुरानै चलचित्र चलिरहेका छन् । तर, अब भने धमाधम बलिउड चलचित्रको रिलिज मिति घोषणा गर्न थालिएको छ । विगत ३ दिनमा मात्र ११ वटा चलचित्रको रिलिज मिति फाइनल गरिएको छ ।

यसरी घोषणा भएका चलचित्रहरुमा यशराज ब्यानर, टीसीरीज, जैकी भगनानी, दिनेश विजान, धर्मा प्रोडक्शन, रिलायन्स इन्टरटेन्मेन्ट, आनन्द एल राय जस्ता निर्माता र प्रोडक्शन कम्पनीका छन् ।

‘सन्दिप और पिंकी फरार’ मार्च १९ मा रिलिज हुने भएको छ । यस्तै, ‘बन्टी और बब्ली २’ अप्रिल २५, ‘बेल बटम’ मे २८, ‘८३’ जुन ४, ‘झुन्ड’ जुन १८, ‘शमशेरा’ जुन २५, ‘शेरशाह’ जुलाई ९, ‘अतरंगी रे’ अगष्ट ६, ‘जयेश भाई जोरदार’ अगष्ट २७, ‘पृथ्वीराज’ नोभेम्बर ५ मा रिलिज हुनेछन् ।

नयक अक्षय कुमारदेखि रणवीर सिंह जस्ता स्टार कलाकारका चलचित्रले यो बर्षका लागि प्रदर्शन मिति तय गरेका छन् ।भारतीय मिडियाका अनुसार नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ भने यो बर्ष रिलिज नहुने पक्का भएको छ । यो चलचित्र सन् २०२२ मा रिलिज हुने पक्का भएको छ ।

यो बर्ष नायक सलमान खानको ‘राधे’, आमिर खानको ‘लाल सिंह चड्ढा’ रिलिज हुने पक्का भैसकेको छ । भारतमा लकडाउन खुलेपछि साउथ चलचित्रका मेकरले प्रदर्शन मिति घोषणा गरेपनि बलिउड चलचित्रका निर्माताले भने मिति तय गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?