Comments Add Comment

दीर्घायुको लागि सहयोगी हुन सक्छ केही मिनेटको कडा व्यायाम : अध्ययन

चार मिनेटको कडा व्यायाम जीवनकाल बढाउनको लागि सहयोगी बन्न सक्छ । यो सुन्दै अचम्म लाग्न सक्छ । तर यो कुनै अनुमान नभएर एक वैज्ञानिक अध्ययनबाट पत्ता लागेको विषय हो ।

यदि हाम्रो हृदयको गतिलाई नियमित अभ्यासको माध्यमबाट बढाउन सकियो भने हाम्रो दीर्घायुको लागि यो सहयोगी बन्न सक्छ भन्ने कुरा नयाँ अध्ययनले देखाएको हो । यसको लागि एकदिनमा चार मिनेटको कडा व्यायाम राम्रो विकल्प बन्न सक्छ ।

व्यायाम र मृत्युको सम्बन्धको विषयमा धेरै अध्ययनहरु भएका छन् । तर दि न्युयोर्क टाइम्सको रिपोर्टले जति धेरै व्यायाम उति धेरै दीर्घ जीवन हुने तथ्यलाई बाहिर ल्याएको छ । न्युयोर्क टाइम्समा उल्लेखित उक्त लामो प्रयोगात्मक परीक्षणले यो देखाएको छ कि जुन पुरुष वा महिला कुनै पनि गतिविधि वा अभ्यास गर्दैनन्, त्यस्ता व्यक्तिको उमर उति नै कम हुन्छ भन्ने मान्यता रहेको छ । यदि एक्सरसाइज इन्टेन्सिटीको साथ गरिन्छ भने यसले उमेरलाई कम गराउने गर्छ । यानी व्यक्तिको आयु बढ्दै जान र जीवनको गुणवत्तामा समेत सुधार गर्नको लागि नियमित अभ्यास नै धेरै महत्वपूर्ण विषय हो ।

यो कुनै नयाँ कुरा होइन कि व्यायाम गर्नुले मान्छेको स्वास्थ्य र उमेर दुवैमा दुवैमा सुधार हुन जान्छ । पछिल्लो कैयौं अध्ययनहरुमा भनिएको छ कि दैनिक अभ्यास गर्नु र दीर्घायुबीच मजबुत सम्बन्ध रहेको पाइन्छ । भलै यस्तो अभ्यास हप्तामा केही घण्टा मात्रै किन नहोस् । यी सबै किसिमका अध्ययनहरुमा वैज्ञानिकहरुले मान्छेको तात्कालिक स्वास्थ्य जीवनको परीक्षण गरेका थिए । यस अध्ययनको क्रममा शोधको क्रममा सामेल व्यक्तिहरु कस्तो प्रकारको शारीरिक गतिविधिमा संलग्न थिए र पछि उनीहरुको मृत्यु कति समयमा भयो ? भन्ने विषय अध्ययनमा समेटिएको छ । यस अध्ययनले हप्ताको केही मिनेटमात्रै पनि कडा अभ्यास गर्ने मान्छेमा लामो आयु प्राप्त हुन्छ भन्ने निष्कर्ष निस्किएको छ ।

शोधकर्ताले ७० वर्षभन्दा बढी उमेर समूहका मान्छेमा यो शोध गराएका थिए । उनीहरुको जीवनशैलीमा हस्तक्षेप नगर्दै त्यसमध्ये केही अभ्यास गर्ने व्यक्तिलाई समेत सूक्ष्म निगरानी गरिएको थियो । अध्ययन गरिएकामध्ये पनि धेरै शारीरिक गतिविधिमा संलग्न थिए भने केही विल्कुलै पनि अतिरिक्त शारीरिक अभ्यास गर्ने गरेका थिएनन् । पाँच वर्षसम्म गरिएको अध्ययनपछि वैज्ञानिकहरु यो निष्कर्षमा पुगे कि दीर्घ जीवनको लागि अभ्यास आवश्यक छ । अध्ययनका क्रममा कुल सहभागी मध्ये ४.६ प्रतिशतको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment