+
+
Shares

कर्पोरेट पेको ५० दिन, ५० व्यवसाय, ५० करोड कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते २१:४६

आधिकारिक सुरुवातको ५० औं दिनमा आइपुग्दा कर्पोरेट पे प्रणालीमा ५० बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोडभन्दा बढीको भुक्तानी कारोबार फर्छौट भएको छ।

बैंक वित्तिय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थाहरुलाई सहज रुपमा डिजिटल भुक्तानीगर्न सक्ने गरी कर्पोरेट पे सञ्चालनमा ल्याइएको नेपाल क्लिएरिङ हाउसले विज्ञप्ती मार्फत् जाकारी दिएको छ।

यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ।

त्यस्तै व्यावसायीक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक–वित्तिय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणसमेत व्यवस्था छ।

साथै यस प्रणालीमा ग्रहाकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?