Comments Add Comment

महात्मा बुद्धका वचन : सत्य नै धर्म र सफलताको कारक हो

आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । गीतामा उल्लेखित कर्म योग, ज्ञान योग र भक्ति योगलाई व्याख्या गरे जस्तै तीन योग, चार आर्य सत्य र आठ वटा मार्गको रूपमा व्याख्या गरेका उनले प्रत्युत्य समुत्पादका १२ वटा मार्ग पनि बताएका छन् ।

उनले भनेको चार आर्यसत्यमध्ये दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध, दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध, दु:खको निवारण नै दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार र दु:खको निवारणको मार्ग भनेको नै सत्य हो  भनेर आर्य अष्टाङ्गिक मार्गको बोध र यसको पालना गर्नुलाई नै दु:ख निवारणको उपाय बताएका छन् । आर्य अष्टांगिक मार्गलाई पनि उनले शील, समाधि र प्रज्ञाको रूपमा वर्गीकरण गरेका छन् ।

बुद्धले दिएका केही जीवनोपयोगी भनाइहरू तल उल्लेख गरिएको छ ।

–बुद्ध भन्ने गर्थे कि – अतीतलाई बिर्सिदेऊ, भविष्यको बारेमा सोच्न छाडिदेऊ, आफ्नो मनलाई वर्तमानमा केन्द्रित गर । सफलता आफैँ तिमीलाई खोज्दै आउँछ ।

–जसलाई जानाजान झूट बोल्नुमा लज्जा हुँदैन, ऊ जस्तोसुकै पाप गर्न पनि पछि पर्दैन । त्यसैले हामी एउटा संकल्प गरौं कि हासोमजाकमा समेत हामी कहिलै झूट बोल्दैनौं ।

–मान्छेहरु साम्प्रदायिक मतलाई समातेर अनेक किसिमका दलील पेस गर्ने गर्छन् । साथमा सत्य र असत्य दुवैको प्रतिपादन पनि गर्छन् । सत्य त जगतमा एक मात्रै रहन्छ । अनेक होइन ।

–सत्यवाणी नै अमृतवाणी हो । सत्यवाणी नै सनातन धर्म हो । सत्य, सदर्थ र सधर्ममाथि सन्तजन सदैव दृढ रहने गर्छन् ।

–असत्यवादी नरकगामी हुन्छन् । ती मानिस पनि नरकमै जाने गर्छन् जो गलत काम गरेर पनि मैले गरेको होइन भनेर झूट बोल्ने गर्छन् ।

–जसले जानाजान झूट बोल्छ उसले आफू साधु देखाउन खोज्छ भने पनि सम्झिनुस् उसमा साधुपना एक रति पनि छैन । सबै देखावटी मात्रै हो ।

–सभामा, परिषद्मा अथवा एकान्तमा कसैसँग पनि झूट नबोल्नुहोस् । झूट बोल्नको लागि कसैलाई प्रेरित नगर्नुहोस्, झूट बोल्ने मान्छेलाई प्रोत्साहित नगर्नुहोस् । असत्यको सर्वांशमा परित्याग गरिदिनु उपयुक्त हुन्छ ।

–जीवनमा हजारौं लडाइँहरू जित्नुभन्दा ठूलो कुरा हो तपाईं आफू स्वयंमा विजय प्राप्त गर्नुहोस् । फेरि जीत आखिर सधैंभरि तिम्रै हुने गर्छ । यसलाई तिमीबाट कसैले खोस्न सक्दैन ।

– हजारौं अनावश्यक शब्दभन्दा एउटै शब्द जाति हुन्छ जसले शान्ति ल्याउन सक्छ ।

– सन्तोष सबैभन्दा ठूलो धन हो । वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो र स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो ।

– तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् । न त अर्कालाई इष्र्या नै गर्नुहोस् । जो अर्कालाई इष्र्या गर्छ, उसको मनमा शान्ति कहिल्यै मिल्दैन ।

– घृणा घृणाबाट होइन, प्रेमबाट नष्ट हुन्छ । यो शाश्वत सत्य हो ।

– म कहिल्यै हेर्दिन कि के गरे ? म जहिले पनि हेर्छु कि के गर्न बाँकी छ ?

– विना स्वास्थ्य जीवन, जीवन होइन । बस्, एक पीडाको स्थिती हो । मृत्युको छायाँ हो ।

– हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

– सत्यको मार्गमा हिँड्का व्यक्तिले दुई गल्ती गर्न सक्छन्, एक पुरा बाटो तय नगर्नु । अर्को यसको सुरुवात नै नगर्नु ।

– मन र शरीर दुबैको स्वास्थ्य रहस्य हो, अतीतमा शोक नगर्नु, भविष्यको चिन्ता नगर्नु । बरु बुद्धिमानी र इमान्दारीले बर्तमानमा जिउनु ।

– अन्त्यमा यी कुराले सबैभन्दा बढी महत्व राख्छ कि, तपाईंले कति राम्ररी प्रेम गर्नुभयो ? कति पूर्णताका साथ जीवन जिउनुभयो ?

– वास्तवमा तपाईं आफैलाई प्रेम गर्नुहुन्छ भने तपाईंले अरु कसैलाई ठेस पुर्‍याउनुहुन्न ।

– शान्ति भित्रबाट आउँछ, बाहिर नखोज ।

– हामीलाई हामीबाहेक अरु कसैले बचाउन सक्दैनन् ।

– माथि उठ्नुहोस् र आभारी रहनुहोस्, किनभने यदि हामीले धेरै नभएपनि केही त सिक्यौ । हामीले केही नसिकेपनि कम्तीमा बिमार त भएनौ । यदि हामी बिमार भएपनि मर्न त मरेनौ । यसैले हामी सबैप्रति आभारी रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment