+
+
Shares

बहराइनको राजपरिवारका सदस्यसहितको टोली सगरमाथा चढ्न नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १७:१७

२ चैत, काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आएको छ । यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आइपुगेको हो ।

टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् ।

यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएर आएको छ ।

यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो । टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ । यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे र मनास्लु हिमाल चढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?