Comments Add Comment

कीर्तिपुरमा १५०० शय्याको अतिविशिष्टीकृत अस्पताल बनाइने

चिकित्साशास्त्र अध्ययन संस्थान

२९ चैत, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १५०० शय्याको अतिविशिष्टीकृत सेवासहितको अस्पताल बन्ने भएको छ । महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित स्वरुप कीर्तिपुरमा बनाउन लागिएको हो ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले यो अस्पतालका लागि ३०० रोपनी जग्गा चाहिने अनुमान गरेको छ । सो जग्गामा मेडिकल सुपरस्पेसालिटी (अतिविशिष्टीकृत ) केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बन्नेछन् ।

गत चैत २० गतेको मन्त्रिपरिषद बैठकले त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिततर्फ गाङ्खेलको ६० रोपनी जग्गा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई दिने निर्णय गरेको छ ।

आईओएमकी डीन प्रा.डा. दिव्यासिंह शाहका अनुसार नेफ्रोलोजी (मिर्गाैला) तथा युरोलोजी (पिसाबसम्बन्धी) लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बनाउने योजना छ । ‘नयाँ संरचनाको लागि करीब २५० देखि ३०० रोपनी जग्गा चाहिन्छ, त्रिविकै अरु जग्गासमेत लिनेछौं’ प्रा. डा. शाहले भनिन् ।

नयाँ संरचनामा युरोलोजी र नेफ्रोलोजीबाहेक न्युरोसर्जरी (नसासम्बन्धी), पल्मोनरी (फोक्सोसम्बन्धी), कार्डियोलोजी (मुटुसम्बन्धी), ग्यास्ट्रोलोजी (पेटसम्बन्धी)लगायत विभिन्न विषयमा विशेषज्ञ सेवा सञ्चालन हुनेछ ।

महाराजगञ्जमा स्थान अभाव भएका कारण सेवा विस्तार गर्न नसकिएको उनले बताइन् । ‘एक महीनाभित्र नक्शा डिजाइनसहितको डीपीआर तयार हुने र त्यसपछि अन्य काम अघि बढ्नेछ’ प्रा.डा. शाहले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment