+
+
Shares

‘माइ सेकेन्ड टिचर’ बन्यो राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १२:५३

३१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजन ‘माइ सेकेन्ड टिचर’ले गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सीसम्बन्धी सम्पूर्ण व्यावसायिक अधिकार पाएको एडप्याडले सोमबार आईएनजी ग्रुपको ‘माइ सेकेन्ड टिचर’सँग सम्झौता गरेको हो ।

नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि माइ सेकेण्ड टिचरले नेपाल क्रिकेट संघसँग सोमबार सम्झौता गरेको हो ।

सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै स्थानहरुमा माइ सेकेन्ड टिचरले प्रमुख स्थान लिनेछ भने आईएनजी ग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गर्नेछ ।

नेपाली क्रिकेट टोलीको जर्सीको वित्तीय अधिकार प्रदान गरेको एड प्याडमार्फत माइ सेकेन्ड टिचर भित्रिएको जारी विज्ञप्तिमा उल्लेख छ । क्यानले एड प्याडसँग जनवरी २, २०२१ मा सम्झौता गरेको थियो ।

‘नेपालको शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनका लागि कार्यरत इनोभेट टेकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं,’ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,’ यो साझेदारी नेपालको ग्रामिण क्षेत्रसम्म शिक्षाको महत्वको बिषयमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने छ ।’

‘राष्ट्रिय क्रिकेट टोलीसँग आबद्ध हुन पाएकोमा हामी क्यान र एडप्याड प्रति कृतज्ञ छौं । यो साझेदारीपछि खेलकुदको माध्यमबाट हामी हाम्रो एप्लिकेशन मात्र नभएर शिक्षालाई नै प्रवर्द्धन गर्न सक्नेछौं,’ माइ सकेण्ड टिचरका को–फाउण्डर र आईएनजी ग्रुपका अध्यक्ष सुलभ बढाथोकीले भने, ‘माइ सेकेण्ड टिचर नेपालकै पहिलो लर्निङ एप्लिकेसन हो र सबै तहका विद्यार्थीहरु समक्ष पुग्न हामीलाई यो सहकार्यले मद्दत गर्नेछ ।’

एड प्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले आफ्नो कम्पनीले नवीन शैलिको साझेदारी मार्फत व्यापारलाई खेलकुदसँग जोड्ने सिद्धान्त अनुरुप नै इनोभेट टेक नेपाली क्रिकेटमा भित्र्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?