Comments Add Comment

कोरोना रिपोर्ट नेगेटिभ आएकालाई मात्र होटलमा बास दिऔं : स्वास्थ्य मन्त्रालय

२ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई अपील गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक अपील जारी गरी पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बास दिन आग्रह गरेको हो ।

मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न पनि अपील गरेको छ । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्लामा राखी ती जिल्लामा विद्यालय नजान अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment