+
+

उर्लाबारीका मेयरले सेवाग्राहीलाई कुटपिट गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १९:२२

२ वैशाख, विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कार्यालयमा गुनासो लिएर आएका सेवाग्राहीलाई कुटपिट गरेको आरोप लागेको छ ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उर्लाबारीकी नीता बस्नेतले आफ्ना पति नारायण बस्नेतमाथि मेयरसहितको समूहले कार्यालयमा कुटपिट गरेको दाबी गरिन् । साथै आफूहरुले न्याय माग्दा उल्टै अभद्र व्यवहार मुद्दा दर्ता गराएको बताइन् ।

सोमबार उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको संरचना निर्माण कार्य रोकिएको विषयमा उर्लाबारी–८ का नारायण बस्नेतसहित स्थानीय उर्लाबारी नगरपालिका पुगेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको कक्षबाट बाहिर मेयर फागोसहितको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शी समेत रहेका उर्लाबारी–९ का इन्द्र लामाले बताए । नगरपालिका परिसरभित्रै सांघातिक आक्रमणमा परेका नरायणलाई न्याय दिनुको साटो उल्टो अभद्र व्यवहार मुद्दा दर्ता गरेको उनले बताए । उनका अनुसार संरचना निर्माणको विषयमा विवाद भएपछि छलफलका लागि पुगेकामाथि आक्रमण भएको बताए ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफूमाथि लागेको आरोप निराधार भएको बताए । ‘सेवाग्राही नगरपालिकामा सेवा लिन आउँछन्, तर उहाँहरु हप्कीदप्की गर्ने शैलीमा आउनु भएको थियो,’ उनले भने, ‘मेयरले हातपात गरेको भन्ने आरोप निराधार हो, त्यसै आरोप लगाइएको हो ।’

नगरपालिकामा सेवाग्राहीले सहज रुपमा सेवा लिन पाउने बताउँदै उनले  निर्माण अघि नै नक्सा पास बनाउनुपर्छ भन्दा नमानेको बताए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक कुन्दन देवका अनुसार प्रमुख प्रशासकीय अधिकृतको उजुरीपछि बस्नेतलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा दायर गरिएको बताए ।

कुटपिट भएको विरोधमा माओवादी केन्द्र र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?