Comments Add Comment

१५ विधामा रेस्क्यू क्रियशनले म्यूजिक अवार्ड गर्ने

म्यूजिक भिडियो निर्माण गर्दै आएको रेस्क्यू क्रियशनले ‘रेस्क्यू म्यूजिक अवार्ड’को आयोजना गर्ने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माण गरिरहेको यो संस्थाले पहिलो पटक म्यूजिक भिडियो अवार्ड गर्न लागेको हो ।

संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभवपछि वास्तविक श्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने–‘ अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’ ।

समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र चलचित्र गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।

‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम एचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पु¥याउनेलाई दिनेछौं’, समनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment