+
+
Shares

बिष्णु ऋषिदेवको हत्या आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १४:४९

७ जेठ, काठमाडौं । मोरङको सुन्दरहरैचाका बिष्णु ऋषिदेवको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । ४० वर्षीय ऋषिदेवको हत्या आरोपमा प्रहरीले स्थानीय २३ वर्षीय पुजन राईलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राईले धारिलो हतियार (दाउ)ले ऋषिदेवको घाँटीमा प्रहार गरी हत्या गरेको देखिएन आएकोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा ऋषिदेवको शव शुक्रबार बिहान फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?