+
+
Shares

एक छोराका पिता तुषार भन्छन्–‘बिहे गर्ने कुनै योजना छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १२:५५

बलिउड नायक तुषार कपुर छोरा लक्ष्यका एकल पिता हुन् । उनले, सन् २०१६ मा सरोगेसीको माध्यमबाट बाबु बन्ने विकल्प रोजेका थिए । हालैमात्र, भारतीय मिडियासँग कुरा गर्दै तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नभएको बताएका छन् ।

तुषारले भने–‘मेरो बिहे गर्ने कुनै योजना छैन । किनकी, यदि मलाई यो बिषयमा कुनै दुविधा थियो भने एकल पिता बन्ने बारेमा मैले सोच्ने थिइनँ । मैले एउटा समय र एउटा उमेरमा एकल पिता बन्ने निर्णय गरेँ, जुन बेला म यो जिम्मेवारी बहन गर्न तयार थिएँ । मलाई लाग्छ कि मैले सही कदम उठाएको छु । म अरु कुनै पनि विकल्प रोज्न सक्दिनँ । म अहिले या भविष्यमा आफूलाई दुनियाँका कोहीसँग पनि आफूलाई शेयर गर्दिनँ ।’

नायक तुषार कपुर बलिउडका सफल कलाकार जितेन्द्रका छोरा हुन् । उनले सन् २००१ मा नायिका करिना कपुरको साथमा चलचित्र ‘मुझे कुछ कहना हे’बाट आफ्नो बलिउड यात्रा सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?