
८ असार, काठमाडौं । विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्याउने उद्देश्यले ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।
डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ ।
यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । जसका कारण केही मुलुकमा कोरोना संक्रमण पनि बढ्दो क्रममा देखिएको छ । अहिले केही अफ्रिकी मुलुकमा कोरोनाको तेस्रो तहर फैलिन सुरु गरेको छ । सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति कायरिल रामापोसाले धनी मुलुकलाई खोप सञ्चय गरेर राख्ने काम बन्द गर्न आग्रह गरेका थिए ।
अफ्रिकामा अहिलेसम्म केवल चार करोड डोज कोरोना खोप लगाइएको छ । रामापोसाका अनुसार यो संख्या समग्र अफ्रिकाको जनसंख्याको दुई प्रतिशतभन्दा कम हो । कोभ्याक्स कार्यक्रमबाट सन् २०२१ को अन्तिमसम्ममा दुई अर्ब डोज खोप वितरणको लक्ष्य राखिएको थियो ।
विश्वका धनी मुलुकले कोरोना खोप सञ्चय गरेका कारण गरीब मुलुकले खोप पाउन नसकेको आरोप लाग्ने गरेको छ । यसैबीच अमेरिकाले ८ करोड डोज कोरोना खोप अन्य मुलुकलाई दिने घोषणा गरिसकेको छ भने जी–७ का मुलुकले एक अर्ब डोज खोप अर्को वर्षसम्ममा दिने बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4