Comments Add Comment

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ ।

यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै प्रास्थेटिकका लागि तयार भैरहेको उल्लेख गरेकी छिन् । यो चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन् ।

कंगनाले तस्वीर सार्वजनिक गर्दै आफ्ना लागि हरेक नयाँ भूमिका नयाँ यात्राको सुन्दर सुरुवात भएको उल्लेख गरेकी छिन् । उनले, चलचित्रका लागि शरीर र अनुहारको स्क्यान गरेको लेखेकी छिन् । उनले, कुनै पनि चर्चित व्यक्तिको बायोपिकमा काम गर्दा पर्दामा उसको चरित्र जिवन्त रुपमा उतार्न आवश्यक रहेको पनि लेखेकी छिन् ।

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी २३’ अप्रिल महिनामा रिलिजको तयारीमा थियो । तर, कोरोनाको दोश्रो लहरका कारण यो चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । कंगना चलचित्र ‘धाकड’मा पनि काम गर्ने तयारीमा छिन् । यस्तै, कंगना चलचित्र ‘तेजस’मा पनि काम गर्ने तयारीमा छिन् । बलिउडका निर्माता, निर्देशक तथा कलाकारसँग विवादमा रहेपनि कंगनालाई कामको अभाव भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment