Comments Add Comment

कलाकारको वास्तविक नामः साहरुखको अब्दुर, अजयको विशाल

बलिउडका धेरै कलाकारले रंगिन दुनियाँमा आएपछि आफ्नो नाम परिवर्तन गरेका छन् । बलिउडका नायक साहरुख खानको वास्तविक नाम अब्दुर रहमान हो । तर, यो नाम आफूलाई मन नपरेपछि उनले नाम परिवर्तन गरे । अब्दुर नाम हटाएर साहरुख राखेका साहरुख खान आज यही नामले विश्वमा चर्चित छन् ।

उनी, मात्र होइन बलिउडका धेरै कलाकारले आफ्नो नाम परिवर्तन गरेका छन् । सन् १९६९ अप्रिल २ तारिखमा जन्मिएका नायक अजय देवगणको वास्तविक नाम विशाल विरु देवगण थियो । उनका पिता विरु देवगण चर्चित निर्देशक थिए । सन् १९९१ मा बलिउडमा प्रवेश गरेसँगै विशाल नाम परिवर्तन गरेर अजयले अजय देवगण राखेका थिए । उक्त समय मनोज कुमारका छोरा विशाल यो क्षेत्रमा चर्चित थिए । यसैले, अजयले नाम एउटै हुँदा समस्या पर्ने वुझेर परिवर्तन गरेका थिए ।

बलिउड नायक अमिताभ बच्चनकी आमा तेजी वच्चन स्वतन्त्रताको लडाइमा सहभागी थिइन् । सोही समयमा तेजीलाई एक आन्दोलनकारीले छोराको नाम इंकलाब राख्न सुझाव दिए । तेजी यो कुरामा तयार पनि थिइन् । तर, कवि सुमित्रता नन्दन पन्तले बच्चाको नाम अमिताभ राखिन् ।

यस्तै, नायिका शिल्पा सेट्टीले पनि बलिउडमा आउनु अघि आफ्नो नाम परिवर्तन गरेकी थिइन् । उनको वास्तविक नाम अश्विनी सेट्टी हो ।

नायिका महिमा चौधरीको वास्तविक नाम रितु चौधरी हो । उनको नाम निर्देशक सुभाष घइले बलिउडमा प्रवेश गरेपछि बदलिदिएका थिए ।

नायिका मल्लिका शेरावतको नाम रीमा लाम्बा हो । नायिकाले आफ्नो परिवारको अनुमतीविना नै बलिउडमा पाइला राखेकी थइन् । सोही समय नै उनले नाम परिवर्तन गरेर मल्लिका राखेकी हुुन् । बलिउडका चर्चित नायक दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । नायिका देविका रानीले चलचित्र ज्वारभाटामा दिलिपलाई मुख्य भूमिकामा राखेकी थिइन् । सोही समयमा नै मोहम्मद नाम परिवर्तन गरेर देविकाले दिलिप कुमार राखिदिएकी थिइन् ।

यी बाहेक नायिका मधुवालाको वास्तविक नाम बेगम मुमताज जहन दलहावी हो । नायक सलमान खानको वास्तविक नाम अब्दुल राशिद सलिम खान हो भने इरफान खानको वास्तविक नाम साहबजादे इरफान अली खान हो ।

नायिका तब्बुको वास्तविक नाम तबस्सुन हासिम खान हो भने नायक मनोज कुमारको हरिकृष्ण गिरी गोस्वामी हो । नायक जोन अब्राहमको वास्तविक नाम फरहान अब्राहम हो भने मिथुन चक्रवर्तीको वास्तविक नाम गोरंग चक्रवर्ती हो ।

नायिका रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो भने नायक अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटिया हो । यी बाहेक राजेश खन्नाको जतिन खन्ना, कियारा आडवाणीको आलिया आडवाणी, देव आनन्दको धमेन्द्र देवदत्त पिशोरिमल आनन्द, जोनी लिवरको जाना प्रकासा राव जनुमाला, रजनीकान्तको शिवाजी राव गायकवाड, प्रिती जिन्टाको प्रितम सिंह जिन्टा र सनी लियोनीको करनजीत कौर वोहरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment