Comments Add Comment

टिभिएसको ‘साथ छ हाम्रो’ योजना

टिभिएसले ‘साथ छ हाम्रो’ योजना ल्याएको छ । योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिदमा ८ हजार पक्का डिस्काउन्टको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सीमित अवधिसम्म शून्य प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो योजना देशका सम्पूर्ण टिभिएस स्वरुममा लागू हुने कम्पनीले जनाएको छ ।

टिभिएसका मोटरसाइकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको छ । गुणस्तरीय सेवा, सुविधा र पाठपुर्जाको उपलब्धता कारण पनि नेपाली अटोमोबाइल क्षेत्रमा टिभिएस् एउटा भरपर्दो नाम बनिसकेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment