
२९ असार, पाल्पा। पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ ।
नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ ।
सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4