
३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
१५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ ।
पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4