भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो फिचर)


१ भदौ, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुम्बासी संगठनले मंगलबार माइतीघर मण्डलामा संयुक्त रुपमा सडक प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘हाम्रो बसोबासको ग्यारेन्टी गर’, ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर,’ ‘भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको जमिन पाउने संवैधानिकअधिकार कार्यान्वयन गर’, लगायतका प्लेकार्ड बोकेका थिए ।
साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4