+
+

हत्या आरोपी फरार अभियुक्त १६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १६:३३

७ भदौ, बुटवल । दाङमा व्यक्ति हत्याका फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।

०६२ मंसिरमा  सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् ।

उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो । हत्याको घटनापछि फरार नेपालीलाई गोरखाको अजिरकोटस्थित झ्याल्लाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?