Comments Add Comment

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

फाइल तस्वीर

३१ साउन, काठमाडौं । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला कारोबार मूल्य ८९ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रुपैयाँ तोकेको छ । शुक्रबार ८९ हजार २ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँ बृद्धि भएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार २०५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment