+
+

अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा गल्फुटारबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १७:२६

२४ भदौ, काठमाडौं । अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ घर भई बुढानीलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

गल्फुटार क्षेत्रमा क्यान्सरको उपचारमा प्रयोग हुने महंगा औषधिहरु ल्याएर अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

भण्डारीले भारतमा रहेका आफन्तमार्फत उक्त औषधि मगाएर लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीलाई गैरकानूनी रुपमा बिक्री गर्ने गरेको देखिएको महाशाखाको भनाइ छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?