+
+

सर्लाहीबाट गाँजासहित दुई भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १८:१०

१७ असोज, जनकपुरधाम। नेपालबाट लागूऔषध गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

टाउकोमा पोका बनाएर सदरमुकाम मलगंवाबाट भारतको सोनबर्षातर्फ लैजाँदै गर्दा शनिबार राति खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सोनबर्षा ३ का २१ बर्षीय धर्मेन्द्र मण्डल र वडा नम्बर १ का १९ बर्षीय भोला कुमार साह छन् । उनीहरुले बोकेको पोकाबाट ७० किलो गाँजा बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

‘४÷५ जना टाउकोमा पोका बोकेर गइरहेका थिए’ बुढाथोकीले भने, ‘प्रहरीलाई देख्नेवित्तिकै उनीहरु भागेका थिए । उनीहरुमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।’

दुबैबिरुद्ध लागूऔषध गाँजा सम्बन्धी कसुर मुद्दा दर्ता गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?