+
+

मोतीपुर घटनाबारे गृह मन्त्रालयको विज्ञप्ति : अतिक्रमणको प्रयास गर्नेलाई कारबाही हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १८:३४

२५ असोज, काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

रुपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना सुकुम्बासी मारिएको भोलिपल्ट विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

आइतबार मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण गरी बसेका सुकुम्बासीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएका थिए ।

गृह मन्त्रालयले ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ ।

सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने भन्दै गृह मन्त्रालयले कोही छुटेको भए सम्बन्धित स्थानीय तहमा अझै नाम दर्ता गर्न सक्ने पनि उल्लेख गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?