+
+

विश्वासको मत : प्रदेशहरुमा भइरहेको विकृत कार्य

कृष्ण पोखरेल, राजनीतिक विश्लेषक कृष्ण पोखरेल, राजनीतिक विश्लेषक
२०७८ कात्तिक ५ गते २०:००

संवैधानिक अभ्यास जुन ढंगले हुँदै जान्छ पछि पनि त्यही ढंगले कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर, अभ्यास त एकदम गलत गरिँदैछ । अहिले एमाले नेतृत्व रहेको दुई वटा प्रदेश (बागमती र प्रदेश १ ) मा कसरी सत्ता लम्ब्याउन सकिन्छ त्यस अनुसार अगाडि बढेको देखिन्छ ।

संसदीय व्यवस्थाको मूल मर्म नै बहुमतको शासन हो । जब बहुमत अल्पमतको प्रश्न उठ्छ त्यसपछि त्यसको छिनोफानो जतिसक्दो छिटो हुनुपर्छ भन्ने मान्यता हो ।

संविधानमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भनेर राखिनुको अर्थ ३० औं दिनमा विश्वासको मत माग्ने भन्ने होइन । अझ ३० औं दिनमा माग गर्ने र अनुकुल समयमा मत विभाजन गर्ने भनेर अहिले जुन अभ्यास र तर्क गरिएको छ यो संविधानको अक्षरलाई भ्रष्ट पारेर आफ्नो पद जोगाउन सकिन्छ कि भनेर गरिएको विकृत कार्य हो ।

फेरि, जहाँ– जहाँ एमालेले सरकार छोड्नुपर्ने हो त्यहाँ त्यहाँ यो कुरा आयो । कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश २ मुख्यमन्त्रीहरुले नेतृत्व गरेको दल विभाजन भएपछि उनीहरुले तोकिएको समयमै विश्वासको मत लिए । तर, एमालेको हकमा पदको दुरुपयोग गर्ने, सुविधा लिइरहने अभ्यास देखियो । यो संसदीय व्यवस्थामा गलत नजीर स्थापित गर्ने प्रयास हो ।

संवैधानिक अभ्यास जुन ढंगले हुँदै जान्छ पछि पनि त्यही ढंगले कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर, अभ्यास त एकदम गलत गरिँदैछ । अहिले एमाले नेतृत्व रहेको दुई वटा प्रदेश (बागमती र प्रदेश १ ) मा कसरी सत्ता लम्ब्याउन सकिन्छ त्यस अनुसार अगाडि बढेको देखिन्छ । यो संविधान कार्यान्वयनको विकृत अभ्यास हो । अंकगणित प्रष्ट छ, दुबै मुख्यमन्त्रीसंग बहुमत छैन । तर, सत्ता लम्ब्याउने, रबर लम्ब्याएर नचुँडिएसम्म तन्काइरहे जस्तो ।

संयोग भनौं वा के भनौं – दुबै प्रदेश ((बागमती र प्रदेश नम्बर १) तिर अहिले जो सरकारमा छ र सत्ता छोड्न खोजिरहेको छैन उनीहरुकै पक्षमा सभामुख छन् । सभामुख र मुख्यमन्त्रीको मिलेमतोमा सत्ता लम्ब्याउने खेल भइरहेको छ । सभामुखको पदको मर्यादा र गरिमालाई ख्याल गरिएन । सभामुखले जे गर्नुपर्ने हो त्यो नगरेर जतिसम्म सरकारको आयु लम्ब्याउन सकिन्छ त्यतिसम्म सहयोग गर्ने प्रवृत्ति देखियो ।

प्रदेश १ मा त मुख्यमन्त्रीले त ठाडै भन्नुभयो– मुख्यमन्त्री भएरै दशैंको मासुभात खाउँ अनि विश्वासको मत लिउँला । सभामुखले हुन्छ भन्ने ? मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो– मुख्यमन्त्री भएरै मासुभात खाँदाको स्वाद कस्तो हुँदो रहेछ ? यस्तोमा सभामुख साक्षी बस्ने ?

अहिले एमाले नेतृत्वको प्रदेश सरकारले अल्पमतमा परेर पनि सत्ता छाड्न जुन किसिमले आनाकानी गरिरहेका छन् र जुन अभ्यास र नजीर स्थापित गरिरहेको छ यो व्यवस्था प्रति नै वितृष्णा फैलाउने कामका रुपमा मात्रै बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?