+
+

जिल्ला निर्वाचन अधिकृतको राजीनामापछि कांग्रेस सर्लाहीको अधिवेशन अन्यौलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १४:०६

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउन खटाएका जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन अनिश्चित बनेको हो ।

जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै शुक्रबार राजीनामा दिएका हुन् ।

‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने ।

सर्लाहीमा शनिबार वडा अधिवेशन हुँदैछ । अधिवेशनको अघिल्लो दिन निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन प्रक्रिया अन्यौलमा परेको हो । निर्वाचन अधिकृतलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै जिल्लाका नेताहरु छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?