
२८ कात्तिक, काठमाडौं । नेपाल स्कट एक्सचेञ्जले राधी जलविद्यत् कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । लगानी सम्बन्धी विवरण बुझाउनु पर्नेमा तोकिएको समयमा नबुझाएको भन्दै नेप्सेल यथाशिघ्र बुझाउन र नबुझाएको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
राधीको लगानीतर्का कम्पनी खारे ईन्भेष्टमेन्टको प्रबन्ध पत्र, नियमावली, सम्पूर्ण सञ्चालकहरुको विवरण लगायतका कागजातहरु नेप्सले माग गरेको थियो । पटकपटक कागजात माग गर्दा पनि पेश नगरिएपछि नेप्सेले अन्तिम चेतावनी स्वरुप राधीलाई तीन दिनको समयसीमा तोकेर २५ गते पत्राचार गरिएको थियो ।
आज आइतबार साझसम्म कागजात प्राप्त नभए धितोपत्र ऐन अनुसार कारबाही गर्ने नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4