+
+

बाघको छालासहित दाङबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १३:२९
फाइल तस्विर

६ मंसिर, दाङ। प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडकासहित दुईजना रहेका छन् ।

उनीहरुलाई घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छालासहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा २ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट बाघको छाला बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?